चितवन हात्ती महोत्सवलाई दोषी ठहर्याइएको विज्ञापन राख्न विमानस्थल द्वारा अस्विकार
शोषण गर्ने कार्यक्रममा नजान आग्रह गर्दै बनाइएको परोपकारी विज्ञापन राख्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल द्वारा अस्विकार
तत्काल जारी गर्नको लागि:
अक्टोबर १०, २०१९
काठमाडौँ – चितवन हात्ती महोत्सवमा हुने हात्ती प्रतिको दुर्व्यवहारलाई बन्द गर्ने अभियानको एउटा भागको रुपमा पेटा र एनिमल राइट्स क्लब (आर्क) ले एउटा दुरुपयोग गरिएको हात्तीको तस्विर देखाउँदै अङ्ग्रेजीमा “पिटिएको। घोचिएको। घाइते बनाइएको। चितवन हात्ती महोत्सव क्रुर छ। नजाउ!” लेखिएको बिलबोर्डलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राख्ने प्रयास गरेको थियो तर विमानस्थलको विज्ञापन गर्ने ठाउँ व्यवस्थापन गर्दै आएको स्मार्ट मिडिया एण्ड टेक्नोलोजिज ले विज्ञापनलाई अस्वीकार गरिदियो।

भर्खरै मात्रै आयोजना गरिएको चितवन हात्ती महोत्सवबाट पिपुल फर दि इथिकल ट्रिट्मेण्ट अफ एनिमल्स (पेटा) ले प्राप्त गरेको भिडियो फुटेज मा माहुतेले हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो “खेल” को लागि जबर्जस्ति अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु टाउकोमा र कानजस्तो संवेदनशील अंग पछाडीको भागमा प्रहार गरेको र घोचेको देखाइएको छ। प्राय जसो हात्तीहरुको टाउको र कान आसपासका भागहरुमा गहिरो र ताजा घाउहरु थियो। एउटा सानो बच्चाले हात्तीको छावालाई लठ्ठीले पिटेको देखेर तर्सिदै आफ्नो हातले मुख छोपेको दृश्य पनि देखाइएको छ।
“चितवन हात्ती महोत्सवमा बुद्धिमानी, संवेदनशील हात्तीहरुलाई रगताम्य हुने गरी पिटेको कुरा पर्यटकहरुले थाहा पाउनु पर्छ।”, आर्क का संस्थापक सुराजन श्रेष्ठले भने, “त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सेन्सरसीपले पेटा र आर्क लाई यो निराश गर्ने र लाज लाग्ने खालको कार्यक्रमलाई बन्द गर्न अझै धेरै परिश्रम गर्न प्रेरित मात्रै गर्नेछ।”
पेटाले बनाएको दु:खदायी भिडियोको प्रतियुत्तरमा सबै पूर्व प्रायोजकहरुले हात्ती महोत्सवसँग आफ्नो सम्बन्ध तोडेको छ। इको होलिडेज नेपाल, आइज् अन नेपाल, नेपाल टुर्स, प्रो नेपाल टुर्स, ठमेल ट्राभल्स एण्ड टुर्स प्रा. लि., यती ट्राभल्स, होप नेपाल र नेपाल फुट-प्रिन्ट होलिडे लगायतका कम्पनीहरुले पनि यस महोत्सवलाई प्रवर्दन गर्न बन्द गरिसकेको छ।
चितवन हात्ती महोत्सवका पूर्व संयोजक, सुमन घिमिरे, नेपाल हात्ती खेल संघ का अध्यक्ष हुन्। उक्त संघ लाई नेपाल खेलकुद परिषद् ले रेखदेख गरिरहेको छ जसले महोत्सवलाई प्रायोजन गर्ने योजना गरेको छ। नेपाल खेलकुद परिषद् लाई यस नम्बर (०१-४२६१८७३ ) मा सम्पर्क गर्न सकिन्छ।
पेटा को आदर्शको केही अंशले “पशुहरु हाम्रो मनोरञ्जनका लागि प्रयोग गर्न होइनन्” भन्ने विचार राख्छ। अनुसन्धानबाट प्राप्त फोटोहरु यहाँ उपलब्ध छन्। अनुसन्धानबाट प्राप्त प्रशारण-गुणस्तरीय भिडियो फुटेज यहाँ उपलब्ध छन्। थप जानकारीको लागि, कृपया PETAAsia.com हेर्नुहोस्।
#
